फुटबल

१४ वर्षपछि मड्रिड छाडेका बेन्जेमाले साउदीमा खेल्ने चर्चा

इकागज |
जेठ २१, २०८० आइतबार १६:११ बजे

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले १४ वर्षपछि क्लब छाड्ने भएका छन् । फ्रान्स राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर बेन्जेमाले आइतबार स्पेनिस क्लब छाड्न लागेको पुष्टी गरेका स्काइस्पोर्ट्सले जनाएको छ ।

मड्रिड छाड्ने निर्णय गरेका बेन्जेमाले साउदी अरेवियाको प्रो लिग क्लब अल-इतिहादबाट खेल्ने चर्चा चलिररहेको छ ।


सन् २०००९ मा फ्रेन्च क्लब लायनबाट मड्रिडमा आवद्ध भएका बेन्जेमाले मड्रिडका लागि ६५७ खेलमा ३ सय ५३ गोल गरेका छन् । उनले क्लबका लागि १ सय ६५ ‘असिस्ट’ समेत गरेका छन् ।

३५ वर्षीय बेन्जेमाले मड्रिडलाई चार पटक ला लिगा तथा पाँच पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


Author

थप समाचार
x