फुटबल

थ्री स्टार क्लबका दुई खेलाडी अस्ट्रेलिया प्रस्थान

इकागज |
जेठ २२, २०८० सोमबार ११:५५ बजे

तस्बिरः सामाजिक सञ्जाल

काठमाडौँ- थप दुई नेपाली फुटबल खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा थ्री स्टार फुटबल क्लबबाट खेल्ने अश्विन भट्टराई तथा प्रदिप लम्साल सोमबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अश्विन र प्रदिप दुबैले नेपाली टिमको उमेर समूहबाट खेलिसकेका छन् । प्रदिपले नेपालको यू-१६ टिमको कप्तानको रुपमा समेत खेलिसकेका छन् ।


दुबैजनाले अस्ट्रेलियाको मेलवर्नमा रहेको स्थानीय सामुदायिक क्लबबाट खेल्नेछन् ।

पछिल्लो समय एकपछि अर्को गर्दै दर्जनौ फुटबल खेलाडीहरु अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् । 


Author

थप समाचार
x