फुटबल

मेस्सीमात्रै होइन, विश्वकप र च्याम्पियन्स लिग जितेका अन्यलाई पनि भित्र्याउने साउदीको प्रयास

इकागज |
जेठ २२, २०८० सोमबार १५:२० बजे

काठमाडौँ- साउदी अरेवियको प्रो लिग खेल्ने फुटबल क्लबहरूले विश्वकप तथा युरोपियन च्याम्पियन्स लिग जितेका कैयौँ खेलाडीलाई भित्र्याउने प्रयास गरिरहेको छ ।

फ्रान्सको न्यूज एजेन्सी एएफपीले जनाएअनुसार अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी र फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा मात्र नभएर अन्य कैयौँ खेलाडीलाई साउदी क्लबहरूले भित्र्याउने प्रयास गरिरहेको छ ।


एएफपीले श्रोतलाई उदृत गर्दै साउदी क्लबहरूले स्पेनिस सेन्टर ब्याक सर्जियो रामोस, लेफ्ट ब्याक जोर्डी अल्बा तथा मिडफिल्डर सर्जियो बुस्केट्सका साथै फ्रेन्च मिडफिल्डर एन’गोलो कान्टे र गोलरक्षक ह्युगो ललोरिस, अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया, ब्राजिलियन मिडफिल्डर रोबर्टो फरमिनो र क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई पनि भित्र्याउने योजनामा रहेका छन् ।

मेस्सी र बेन्जेमासँगको सम्झौता टुंग्याउनका लागि साउदी फुटबलका पदाधिकारीहरू पेरिस र मड्रिड पुगेको समयमा यो समाचार बाहिर आएको हो ।

अगस्ट ११ बाट नयाँ सिजन सुरु हुनुअघि नै साउदी क्लबहरू ती खेलाडीहरूसँगको सम्झौता पूरा गर्न चाहेको एएफपीले जनाएको छ ।


Author

थप समाचार
x