फुटबल

एन्जे पोस्टेकोग्लो टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

इकागज |
जेठ २३, २०८० मंगलबार ८:४३ बजे

काठमाडौँ- स्कटिस फुटबल क्लब सेल्टिकका प्रशिक्षक एन्जे पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । ५७ वर्षीय अस्ट्रेलिया पूर्व फुटबल खेलाडी पोस्टेकोग्लोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेको बीबीसीले जनाएको छ ।

पोस्टेकोग्लोले दुई सिजन नै स्कटिल लिगको उपाधि दिलाए भने अन्य घरेलु प्रतियोगिताको समेत जिताएका थिए ।


उनले यसअघि अस्ट्रेलियालाई सन् २०१५ मा एसियन कपको उपाधि दिलाएका थिए । उनले साउथ मेलवर्न र ब्रिसबेनलाई अस्ट्रेलियन लिगको उपाधि जिताएका थिए ।

यस सिजनको इंग्लिस प्रिमियर लिगको आठौं स्थानमा रह्यो ।


Author

थप समाचार
x