फुटबल

चर्च ब्वाइजले जित्यो ‘ए’ डिभिजन लिगको उपाधि

इकागज |
जेठ २३, २०८० मंगलबार १६:५८ बजे

काठमाडौँ- चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले पहिलो प्रयासमै लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले एक खेलअगावै लिगको उपाधि चुमेको हो । चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक जोडेर विजेता बनेको हो ।


उसले साविक विजेता मछिन्द्रलाई पछि पार्दै लिगको उपाधि उचालेको हो ।


Author

थप समाचार
x