फुटबल

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

इकागज |
जेठ २४, २०८० बुधवार ९:१० बजे

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदैछन् । 


जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्‌दी र न्युरोड टिमबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।  
 


Author

थप समाचार
x