फुटबल

विल्फ्रेड जाहालाई रोनाल्डोको अल-नासरबाट खेल्न प्रस्ताव

इकागज |
जेठ २४, २०८० बुधबार १२:१३ बजे

काठमाडौँ- इंग्लिस क्लब क्रिस्टल प्यालेसका स्ट्राइकर विल्फ्रेड जाहालाई क्रिस्टियानो रोनाल्डो खेलिरहेको साउदी अरेवियन क्लब अल-नासरबाट खेल्नका लागि ठूलो रकमको प्रस्ताव गरिएको छ ।

जाहालाई अल-नासरले ४५ मिलियन पाउण्ड (प्रति वर्ष १५ मिलियन पाउण्ड) को पारिश्रमिक दिनेगरी तीन वर्षको सम्झौता प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।


पछिल्लो समय साउदी अरेवियन क्लबहरुले युरोपमा खेल्ने चर्चित खेलाडीहरूलाई ठूलो रकमको प्रस्ताव गर्दै आएका छन् ।

जाहाका प्रतिनिधिहरूलाई स्पेनको एट्लेटिको म्याड्रिड र अन्य तीन च्याम्पियन्स लिगका लागि छनोट भएका क्लबहरूले पनि सम्पर्क गरेका छन् ।

आइभरी कोस्टका जाहाले भने अहिलेसम्म आफ्नो भविष्यको बारेमा निर्णय भने गरिसकेका छैनन् र उनले सबै विकल्पहरूबारे विचार गर्ने बताएका छन् ।

जाहाले यो सिजन प्यालेसका लागि प्रिमियर लिगमा २७ खेल खेल्दा ७ गोल र २ असिस्ट गरेका थिए ।


Author

थप समाचार
x