‘ए’ डिभिजन लिगः फ्रेन्ड्स क्लब रेलिगेसनबाट बच्यो
काठमाडौँ- फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ । सहिद स्मारक 'ए' डिभिजन लिग २०७९-८० अन्तर्गत अन्तिम चरणको खेलमा नेपाल एपीएफ फुटबल क्लबमाथि सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेसनबाट जोगिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एपीएफलाई ४-० ले पराजित गरेको हो । फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र अखरोरबेक उक्तामोभले एक-एक गोल गरेका थिए ।
खेलको १५ औं मिनेटमा जेब्रिनले फ्रि-किक मार्फत फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा विकासले टिमका लागि दोस्रो गोल गरे । ७१ औं मिनेटमा रफिकले तेस्रो गोल गरेका थिए । ८२ औं मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई सहज जित दिलाए ।
जितसँगै फ्रेन्ड्सले २६ खेलबाट ३० अंकसहित ११ औं स्थानमा उक्लिएको छ । हारसँगै एपिएफ रेलिगेसनमा पर्ने सम्भावना बढेको छ । एपीएफको पनि २६ खेलमा ३० अंक रहेपनि हेड-टू-हेडमा फ्रेन्ड्ससँग पछि परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया