फुटबल

गोल सेलिब्रेट गर्दै भारतीय कप्तान क्षेत्रीले दिए श्रीमती गर्भवती भएको जानकारी

इकागज |
जेठ ३०, २०८० मंगलबार १६:४६ बजे

काठमाडौँ- भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले आफ्नी श्रीमती गर्भवती भएको जानकारी गराउन नौलो तरिका अपनाएका छन् ।

भारतमा जारी इन्टरकन्टिनेन्ट कप फुटबल प्रतियोगिताका क्रममा भानुअटुविरुद्ध गोल गर्दा गरेको सेलिब्रेसनमार्फत नै क्षेत्रीले आफ्नी श्रीमती गर्भवती भएको जानकारी गराएको इन्डियन फुटबल टिमले जनाएको छ ।


हिरो इन्टरकन्टिनेन्ट कपअन्तर्गत सोमबार राति भएको सेमिफाइनल खेलमा भारतले भानुअटुलाई १–० ले हराएको थियो ।

भारतीय टिममा डेब्यु गरेको ठ्याक्कै १८ वर्षपछि, अर्थात १२ जुनमा, क्षेत्रीले भानुआटुविरुद्ध आफ्नो करियरको ८६ औं गोल गर्दा आफ्नो बच्चाको आगमनको घोषणा गरेका हुन् । क्षेत्रीले सन् २००५ जुन १२ मा पाकिस्तानविरुद्ध डेब्यु र गोल गरेका थिए ।

जुन ९ देखि १८ सम्म हुने हिरो इन्टरकन्टिनेन्ट कपमा भारत सोमबारको जितसँगै एक खेलअघि नै फाइनल प्रवेश गरिसकेको छ । भारतको दुई खेलमा ४ अंक छ ।


Author

थप समाचार
x