फुटबल

कतारी शेखले खरिद गर्ने चर्चाबीच म्यानचेस्टर युनाइटेडको सेयर १० प्रतिशतले बढ्यो

इकागज |
असार १, २०८० शुक्रबार ११:४१ बजे

काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडको पूर्ण स्वामित्व कतारी बैँकर शेख जसिमले लिने चर्चा चलेपछि क्लबको सेयर भाउ १० प्रतिशतले बढेको छ ।

रोयटर्सले युनाइटेडका मालिक ग्लेजर परिवारले क्लबको शतप्रतिशत सेयर कतारी बैँकर जसिमलाई बेच्नका लागि छलफल गरिरहेको समाचार प्रकाशित गरेपछि क्लबको सेयर बिहीबार १० प्रतिशतले बढेको स्काइ स्पोर्ट्सले जनाएको छ ।


जसिमले युनाइटेड खरिदका लागि पाँचवटा प्रस्ताव पेश गरेको छ । उक्त प्रस्तावअनुसार क्लबको मूल्य अर्थात ‘भ्यालु’ ६ विलियन पाउन्ड पुगेको छ ।

जसिमले क्लबको पूर्ण स्वामित्व खोजेपनि ग्लेजर परिवारले अहिलेसम्म कसैलाई पनि क्लबको पूरा सेयर बेचेको जनाएको छैन । तर रोयटर्सले जनाएअनुसार ग्लेजर परिवारले जसिमको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ ।

अर्कोतर्फ बेलायती अर्वपति जिम र्‍याटक्लिफले भने ६९ प्रतिशत सेयरमात्र किन्ने प्रस्ताव पेश गरेका छन् ।


Author

थप समाचार
x