फुटबल

फिफा अध्यक्ष चाहन्छन्: दुर्व्यवहार भए रेफ्रीले फुटबल खेल रोकोस्

इकागज |
असार १, २०८० शुक्रबार १५:४४ बजे

काठमाडौँ- फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलमा दुर्व्यवहारलाई लिएर शून्य सहनशीलता अपनाउनुपर्ने तथा त्यस्ता क्रियाकलाप भए रेफ्रीले तत्कालै खेल रोक्नुपर्ने बताएका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनियरसँगको भेटपछि इन्फान्टिनोले रंगभेदी दुर्व्यवहार गर्नेहरु अपराधि भएको बताउँदै यसलाई लिएर जिम्मेवार पदाधिकारीहरुले जिम्मेवारी आफ्नो काँधमा लिनुपर्ने बताएको अल-जजिराले जनाएको छ ।


जुनियरले गत महिना स्पेनिस ला लिगाअन्तर्गत रंगभेदी दुर्व्यवहार भोगेको आरोप लगाएका थिए । उनले वर्षभरी नै दुर्व्यवहार भोगेका थिए ।

‘रंगभेदी भेदभाव र भेदभावको बारेमा कुरा गर्नु मात्रै होइन, निर्णायक र विश्वस्त ढंगले कारबाही गर्नु धेरै महत्त्वपूर्ण छ - शून्य सहनशीलता,’ बार्सिलोनामा भिनिसियस र ब्राजिल टिमका बाँकी सदस्यलाई भेटेपछि इन्फान्टिनोले भने ।

‘दुर्व्यवहार भयो भने त्यहाँ फुटबल हुँदैन । त्यसैले खेल रोक्नुहोस । फिफासँग सम्बन्धित खेलमा रेफ्रीसँग खेल रोक्ने प्रकृया छ । तथा रेफ्रीहरु जुनसुकै स्तरमा उक्त विषयमा निर्णय लिन सक्छन्,’ उनले थपे ।


Author

थप समाचार
x