करिब २४ घण्टाको यात्रा र नसुतेरै भारतविरुद्ध खेल्दै पाकिस्तान
काठमाडौँ- बुधबारबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा पाकिस्तानले आयोजक तथा साविक विजेता भारतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका पाकिस्तान र भारतबीचको खेल बैंग्लुरुको कान्टिराभा स्टेडियममा स्थानीय समयअनुसार साँझ ७:३० बजेबाट सुरु हुने तालिका रहेको छ ।
खेल आजै भएपनि पाकिस्तानी टिमका सम्पूर्ण सदस्यहरु भने अझै बैँग्लुरु पुग्न सकेका छैनन् । खासमा मौरिससमा फुटबल प्रतियोगिता खेलेर भारतका लागि हिडेको पाकिस्तानी टिम गए राति १ बजेमात्र मुम्बई पुगेको इएसपीएनले जनाएको छ ।
तर एउटै फ्लाइटमा ३२ वटै सिट नपाएपछि पाकिस्तानी टिम दुई समूहमा बैँग्लुरु पुग्ने योजनामा पुगेको थियो । तर कागजी प्रकृया पूरा नभएका कारण पाकिस्तानी टिमका मुख्य १४ खेलाडीको उक्त फ्लाइट छुट्यो ।
पाकिस्तानी टिम म्यानेजर हसनान हैदरका अनुसार पाकिस्टानी टिम १:३० मा मुम्बई विमानस्थलमा पुगेपनि पासपोर्ट कार्यालयमा कर्मचारी नभएको तथा उनीहरु ३० मिनेटपछि आएर फर्म भर्नका लागि दिएको बताए । हैदरका अनुसार पाकिस्तानी टिमले उक्त फर्म यसअघि नै भरिसकेको समेत दावी गरे । जसका कारण बुधबार विहान ३:५५ को पहिलो फ्लाइटमा ६ खेलाडी र ६ अफिसियल चढेका थिए ।
तर १४ खेलाडी तथा ६ अफिसियलको फर्म स्विकृत हुन समय लागेपछि उनीहरुले त्यही अडकिए । अब उनीहरु दिउँसो १ बजेमात्र बैँग्लुरुको होटलमा पुग्ने भएका छन् ।
फ्लाइट ढिलो भएपछि पाकिस्तानले खेलको समयतालिकामा परिवर्तनका लागि आग्रह गरेपनि साफले भने सो आग्रहलाई अस्विकार गरेको इएसपीएनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया