फुटबल

साफ च्याम्पियनसीपः पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

इकागज |
असार ६, २०८० बुधबार १७:४६ बजे

काठमाडौँ- भारतमा बुधबारबाट सुरु भएको साफ च्याम्पियनसीप फुटबलको पहिलो खेलमा कुवेतविरुद्ध नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत बैँग्लुरुको श्री कान्तिराभा स्टेडियममा पहिलो खेलमा नेपाल ३-१ गोलले हारेको हो ।

नेपालका लागि एक मात्र सान्त्वना गोल अन्जन विष्टले गरेका थिए । उनले नेपाल तीन गोलले पछाडि परेके अवस्थामा खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । नेपालका लागि कुवेतविरुद्ध गोल गर्ने  अन्जन तेस्रो खेलाडीमा बनेका छन् ।


कुवेतका कप्तान खालेद हाजिया, शबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक-एक गोल गरे ।

कुवेतले २३ औँ मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो । कुवेतका कप्तान हाजियाले २३ औँ मिनेटमा गोल गरे । अनमार्क रहेका हाजियाले नेपाली गोलरक्षक किरण चेम्जोङ पोस्टमा नरहेको मौकाको सदुपयोग गरेका थिए ।

त्यसैगरी, ४१ औँ मिनेटमा अलखाल्दीले कुवेतका लागि दोस्रो गोल गरे ।

जर्सी नम्बर ९ का मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । अनन्त तामाङको ह्यान्ड बल भएकाले कुवेतले पेनाल्टी पाएको थियो । 


Author

थप समाचार
x