बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके पीएसजीको प्रशिक्षक बन्ने
काठमाडौँ- बार्सिलोना र स्पेनिस राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक लुइस एनरिके फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) को प्रशिक्षक बन्ने भएका छन् । एनरिके क्रिस्टोफ गाल्टियरको स्थानमा पीएसजीको नयाँ प्रशिक्षक बन्न लागेको इटालियन पत्रकार फाब्रिजिओ रोमानोले जनाएका हुन् ।
एनरिकेले दुई वर्षको सम्झौतामा पीएसजीको प्रशिक्षक बन्ने छन् । गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि गाल्टियरलाई स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरिएको थियो। कतारमा भएको विश्वकपको अन्तिम १६ को खेलमा मोरक्कोसँगको हारले उनको कार्यकालको अन्त्य भएको थियो ।
एनरिकेको प्रशिक्षणमा बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा ‘ट्रेबल’ जितको थियो । बार्सिलोनाको ईतिहासको त्यो दोस्रो ट्रेबल थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया