मेस्सी बने युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट गोल गर्ने खेलाडी
काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२/२३ सिजनको युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट गोल गर्ने खेलाडीको उपाधि जितेका छन् । मेस्सीले रियल मड्रिडका भिनिसियस जुनियर र च्याम्पियन्स लिग विजेता म्यान सिटीका अर्लिङ हालान्डलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेका हुन् ।
मेस्सीले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणमा पोर्चुगलको बेन्फिका क्लबसँग गरेको गोलले च्याम्पियन्स लिगको उत्कृष्ट गोलको उपाधि जितेको हो । मेस्सीले बेन्फिकासँग गरेको गोल उनको ४०औँ विभिन्न टोलीविरुद्ध थियो ।
अर्जेन्टिनी फरवार्ड मेस्सीले च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाबाट १२० गोल गरेका थिए । एउटै क्लबबाट सर्वाधिक गोल गर्ने उनको कीर्तिमान रहेको छ । फरवार्डले च्याम्पियन्स लिगमा १२९ गोल गर्दै यूरोपेली फुटबल छोडेर मियामीमा गईसकेका छन् ।
अर्जेन्टिनी फरवार्ड मेस्सीले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिकी क्लब मियामीमा आबद्ध भईसकेका छन् । मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७५ खेल खेल्दै ३४ गोल र ३२ पटक असिस्ट गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया