रंगभेदी दुर्व्यवहार गरेको आरोपमा पीएसजीका प्रशिक्षक गाल्टियर पक्राउ
काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियर र उनका छोरा जोन भालोभिक-गाल्टियर पक्राउ परेका छन् । रंगभेदी तथा जातीय दुर्व्यवहार गरेको आरोपमा सोधपुछका लागि क्रिस्टोफ र जोनलाई पक्राउ गरिएको अल-जजिराले जनाएको छ ।
सन् २०२१-२२ को सिजनमा फ्रेन्च क्लब नाइसको मुख्य प्रशिक्षक रहेको समयमा क्रिस्टोफले रंगभेदी तथा जातीय दुर्व्यवहार गर्ने खालको भाषा प्रयोग गरिएको आरोप लगाइएको छ ।
एक संचारमाध्यले सार्वजनिक गरेको नाइसका पूर्व फुटबल निर्देशक जुलियन फोर्नियरको एक इमेलमा फोर्नियरले लगाएको आरोपअनुसार क्रिस्टोफले टिममा धेरै अश्वेत तथा मुस्लिम खेलाडीहरु रहेको दावी गरेका थिए ।
क्रिस्टोफले फोर्नियरलाई नाइस सहरको अवस्था हेरेर क्लबमा धेरै अश्वेत तथा मुस्लिम खेलाडी राख्न नहुने सुझाव दिएका थिए । तर दुबैले गत वर्ष नाइसबाट बिदा भएका थिए ।
यस सम्बन्धि अनुसन्धान गत अप्रिलमै सुरु भएको थियो । क्रिस्टोफका छोरा जोन भने फुटबल एजेन्ट हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया