फुटबल

बार्सिलोना, चेल्सी र आर्सनलका पूर्व मिडफिल्डर फाब्रिगासले लिए सन्यास

इकागज |
असार १७, २०८० आइतबार १४:२४ बजे

काठमाडौँ- बार्सिलोना, चेल्सी र आर्सनलका पूर्व मिडफिल्डर सेस्क फाब्रिगासले ३६ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फाब्रिगासले सफल फुटबल करिअरपछि सन्यास लिएका हुन् । 

स्पेनियार्डले चेल्सीबाट खेल्दा दुई प्रिमियर लिग, एक-एक यूरोपा लिग र एफए कप, बार्सिलोनाबाट एक ला लिगा र आर्सनलबाट एक एफए कप जितेको छन् । उनले स्पेनको प्रतिनिधित्व गर्दै सन् २०१० मा विश्वकप र सन् २००८ र २०१२ मा गरी दुई युरोपियन च्याम्पियनसीपको उपाधि जिते । फाब्रिगासलाई स्पेनका लागि सन् २००६ देखि २०१६ सम्म एक सय दस पटक खेलेका थिए । 


दोस्रो-स्तरीय इटालियन क्लब कोमोसँग एक व्यावसायिक फुटबलरका रूपमा आफ्नो अन्तिम सिजन बिताएका मिडफिल्डरले शनिबार सामाजिक सञ्जालमा लेखे, 'धेरै दुःखको साथ मैले मेरो खेल्ने जुत्ता थन्काउने समय आएको छ । म बार्सिलोना, आर्सनल, फेरि बार्सिलोना, चेल्सी, मोनाको र अन्तमा कोमोमा सुरुका दिनदेखि हरेक पलको कदर गर्नेछु । विश्वकपदेखि युरोपियन च्याम्पियनसीपसम्म, इङ्ल्यान्ड र स्पेनमा सबै जित, साथै लगभग सबै युरोपेली ट्रफीहरू जित्दा, मैले कहिल्यै नबिर्सने यात्रा बन्यो ।' 

२० वर्षको व्यावसायिक फुटबलबाट सन्यास लिएका फाब्रिगासले कोमोको 'बी' टिम र युवा टोलीको प्रशिक्षक बन्ने छन् ।


Author

थप समाचार
x