फुटबल

रियल मड्रिडका प्रशिक्षक एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने

इकागज |
असार २०, २०८० बुधबार १३:८ बजे

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी सन् २०२४ मा ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् । इटालिका एन्सेलोटी सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिताबाट ब्राजिलको प्रशिक्षक जिम्मेवारी सम्लानेछन् ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का अध्यक्ष एडनाल्डो रोड्रिग्सले आगामी वर्षको जुन र जुलाईमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने कोपा अमेरिकाबाट एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने औपचारिक घोषणा गरेका मड्रिडमा आधारित पत्रिका मार्काले जनाएको छ ।


सीबीएफले विज्ञप्ति जारि गर्दै फर्नान्डो दिनिज (फ्लुमिनेन्स) ले एन्सेलोटी नहुँदासम्म पाँच पटकको विश्व च्याम्पियनको नेतृत्व गर्ने बताएको छ । ६४ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीको रियल म्याड्रिडसँग सन् २०२४ को जुनसम्मको सम्झौता रहेको छ ।

डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि सन् २०१६ देखि जिम्मेवारीमा रहेका ब्राजिलियन प्रशिक्षक टिटेले आफ्नो जिम्मेवारी त्यागेका थिए ।


Author

थप समाचार
x