फुटबल

पेरिस सेन्ट जर्मेनले भित्र्यायो कोरियाली मिडफिल्डर

इकागज |
असार २४, २०८० आइतबार १३:३८ बजे

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दक्षिण कोरियाली मिडफिल्डर ली काङ इनलाई भित्र्याएको छ । पीएसजीले लीलाई २२ मिलियन यूरोमा स्पेनिस क्लब रियल मल्लोर्काबाट खरीद गरेको हो । 

मल्लोर्कामा दुई वर्ष बिताएका २२ वर्षीय मिडफिल्डरले फ्रान्सेली च्याम्पियनसँग पाँच वर्षको सम्झौता गरेका छन् ।


मल्लोर्काका लागि लीले ७३ खेलमा सात गोल र दश असिस्ट गरेका थिए ।

लीले पीएसजी आबद्ध भएपछि उत्साहकासाथ भने, 'यो विश्वको सबैभन्दा ठूला क्लबहरू मध्ये एक हो, विश्वका केही उत्कृष्ट खेलाडीहरू छन् । म यो नयाँ सुरुवातका लागि पर्खन सक्दिन ।'

लीले दक्षिण कोरियाको राष्ट्रिय टोलीका लागि १९ खेल खेलिसकेका छन् । उनले २०२२ को विश्वकप समेत खेलेका थिए ।


Author

थप समाचार
x