बार्सिलोना र इन्टरका लिजेन्ड फुटबलर लुइस स्वारेजको निधन
काठमाडौँ- स्पेनिस क्लब बार्सिलोना तथा इटालियन क्लब इन्टर मिलानका लिजेन्ड फुटबलर लुइस स्वारेज मिरामोन्टेसको निधन भएको छ ।
स्पेन राष्ट्रिय टिमका पूर्व प्रशिक्षक समेत रहेका स्वारेजको ८८ वर्षको उमेरमा आइतबार निधन भएको स्पेनिस पत्रिका मुन्डो डेपोटिभले जनाएको हो ।
स्वारेजले बार्सिलोनामा सात सिजन बिताएका थिए । बार्सिलोनामा रहँदा उनले दुई स्पेनिस लिग, दुई स्पेनिस कप र सन् १९६० मा बालोन डी'ओर जितेका थिए । फेरेंक पुस्कास र अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बालोन डी’ओर जित्ने स्वारेज एकमात्र स्पेनिस खेलाडी हुन् ।
उनले इटालीमा सन् १९६१ देखि १९७३ मा इन्टर र साम्पडोरियाका लागि पनि खेलेका थिए । इटालियन क्लबबाट उनले तीन इटालियन लिग र दुई युरोपियन कप जितेका थिए ।
स्वारेजले तीन वटा क्लबबाट ४७९ खेलमा १२१ गोल गरेका थिए । स्पेनका लागि उनले ३२ खेलमा १४ गोल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया