फुटबल

पीएसजीले भित्र्यायो बायर्न म्युनिखका डिफेन्डर हर्नान्डेज

इकागज |
असार २५, २०८० सोमबार १२:४८ बजे

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका डिफेन्डर लुकास हर्नान्डेजलाई क्लबमा भित्र्याएको छ ।

२७ वर्षीय डिफेन्डर हर्नान्डेजलाई ३४ मिलियन पाउण्डमा पीएसजीले खरिद गरेको बीबीसीले जनाएको छ ।


फ्रान्सेली डिफेन्डरले पीएसजीमा २१ नम्बरको जर्सी लगाउनेछन् र उनले क्लबसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

फ्रान्सबाट २०१८ को विश्वकप जितेका हर्नान्डेजले २०१९-२० मा बायर्नसँग पहिलो सिजन ट्रेबल जितेका थिए । गत सिजनको बुन्डेसलिगा च्याम्पियनका लागि हर्नान्डेजले १०७ खेलमा दुई गोल गरेका थिए ।

बायर्नमा रहँदा उनले लगातार चार पटक बुन्डेसलिगा जितेका थिए ।

हर्नान्डेजका कान्छो भाइ थियो हर्नान्डेज इटालियन ‘सिरि ए’ मा एसी मिलानबाट खेल्छन् ।


Author

थप समाचार
x