क्रिस्टियानो रोनाल्डोको अल-नासरले नयाँ खेलाडी दर्ता गर्न नपाउने
काठमाडौँ- क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरेबियन क्लब अल-नासरले कुनै पनि नयाँ खेलाडीलाई अनुबन्ध गर्न नपाउने भएको छ ।
साउदी क्लबले इंग्लिस क्लब लेस्टर सिटीलाई अहमद मुसाको लागि सम्झौतामा रहेको ‘एड-अन्स’ अर्थात् थप रकम तिर्न असफल भएपछि फिफाले प्रतिबन्ध लगाएको डेली मिररले जनाएको छ ।
फिफाको आधिकारिक निर्णयअनुसार साउदी टोलीले मुसा सम्बन्धी बोनसमा ४ लाख ६० हजार यूरो र त्यसमा लाग्ने थप ब्याज तिर्न असफल भएको बताईएको छ ।
यसअघि नै सन् २०२१ मा अल-नासरलाई भुक्तानी नगरेमा खेलाडी दर्ता गर्न नपाउने चेतावनी दिईएको थियो । तर उक्त चेतावनीको वेवास्ता गरेर भुक्तानी नगरेपछि अल-नासरलाई खेलाडी थप्न वञ्चित गरिएको हो ।
फिफाको आधिकारिक निर्णयमा जनाइएअनुसार प्रतिबन्ध तीन सिजनको ‘ट्रान्सफर विन्डो’को लागि रहनेछ ।
प्रतिबन्धको अन्त्यसम्ममा पनि लेस्टरलाई भुक्तानी नगरेको खण्डमा अल-नासरविरुद्ध फिफा अनुशासन समितिमा मुद्दा चलाइने पनि बताईएको छ ।
यता साउदीको पब्लिक ईन्भेस्टमेन्ट फन्ड (पीआईएफ) ले प्रतिबन्ध हटाउनका लागि शुल्क तिर्न तयार रहेको स्पष्ट पारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया