डेक्लन राइसलाई बेच्न वेस्टह्यामले गर्यो सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ- वेस्टह्यामले आफ्ना मिडफिल्डर तथा कप्तान डेक्लन राइसलाई बेच्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
वेस्टह्यामले आर्सनललाई १ सय ५ मिलियन पाउन्डमा बेच्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको स्काइ स्पोर्ट्सले जनाएको छ ।
आर्सनलले राइसलाई भित्र्याएको घोषणा भने आइतबार अमेरिकाको भ्रमणमा जानुअघि नै गर्ने जनाइएको छ ।
राइसलाई खरिद गर्न आर्सनल ८ दिनअघि नै सहमति गरेपछि सम्झौताको प्रकृया पूरा हुन समय लागेपछि निराश बनेको थियो ।
अर्कोतर्फ राइसले आर्सनलका लागि मेडिकल चेकअप पनि पूरा गरी सकेका छन् । साथै विदा मनाउन पोर्चुगल पुगेका राइस भने नियमित प्रशिक्षण समेत गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया