इजरायलमा व्यवसायिक फुटबल खेल्न जान सावित्राको बिदाइ
काठमाडौं– इजरायलमा व्यवसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।
बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगाएतले सावित्रा भण्डारीलाई बिदाइ गरेका हुन् ।
सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नेछिन् । बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बुले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताए। उनले खेल क्षेत्रको माध्यमबाट नेपाल–इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे।
त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मान प्रति आभार व्यक्त गरिन् । उनले युरोपीयन लिग खेल्नु चुनौती भए पनि आफू सामना गर्न तयार रहेको बताए । सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने जिकिर गरे ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया