एम्बाप्पे भन्छन्- ओलम्पिक खेल्ने सपना छ, तर पूरा हुने/नहुने एक व्यक्तिमा निर्भर छ
फाइल तस्बिर
काठमाडौँ- फ्रान्सका सुपरस्टार फुटबलर केलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् ।
फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्वफुटबलर थियरी हेनरीले गरिरहेका छन् ।
एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपनाबारे भनेका छन् 'मैले सधैँ ओलम्पिक खेल्ने इच्छा व्यक्त गर्दै आएको छु । जुन अहिले पनि परिवर्तन भएको छैन । यदि मैले ओलम्पिक खेल्ने अवसर पाएँ भने सपना पूरा भएको हुनेछ । यो निर्णय एक व्यक्तिमाथि रहेको छ, जसले अहिलेसम्म हुन्छ या हुँदैन केहि भनेका छैनन् ।'
तर एम्बाप्पेले रियल म्याड्रिडमा गएमा भने उनको ओलम्पिक खेल्ने सपना पूरा हुन सक्ने छैन । क्लबसँगको सम्झौताअनुसार उनले ओलम्पिकमा सहभागिता जनाउन सक्ने छैनन् । यस अर्थमा एम्बाप्पेले यसको निर्णय गर्ने व्यक्ति भनेको रियल म्याड्रिडका प्रेसिडेन्टलाई भनेको हुनसक्ने अनुमान गरिएको छ ।
ओलम्पिकमा फुटबलको नियम अनुसार यू-२३ खेलाडीले भाग लिन पाउने भएपनि २३ वर्षभन्दा बढी उमेरका बढीमा तीन खेलाडीले खेल्न पाउने नियम रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया