इंग्लिस प्रिमियर लिग : विजेताको टुंगो आज राति लाग्दै
काठमाडौँ- जारी सिजनको इंग्लिस प्रिमियर लिग (फुटबल) को उपाधि विजेताको टुंगो आज राति लाग्दैछ ।
प्रिमियर लिगको अन्तिम चरणका खेलहरू आज राति हुँदैछ र आज रातिको खेलहरूले विजेताको टुंगो लगाउने छ ।
प्रिमियर लिगअन्तर्गतको १० वटै खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुने तालिका रहेको भएपनि उपाधि होडमा भने साविक विजेता म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् ।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्टहम युनाइटेडको सामना गर्दा आर्सनलले एभर्टनविरुद्ध खेल्ने तालिका रहेको छ ।
अंक तालिकाअनुसार म्यानचेस्टर सिटीले ३७ खेलबाट ८८ अंक जोडेको छ । यता आर्सनलको ८६ अंक छ ।
म्यानचेस्टर सिटीले रातिको खेलमा वेस्टहमलाई पराजित गरेको खण्डमा उपाधि उचाल्नेछ । तर, पराजित भएको खण्डमा आर्सनल र एभर्टनबीच हुने खेलको नतिजाले उपाधि विजेताको टुंगो लाग्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया