फुटबल

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

इकागज |
जेठ १३, २०८१ आइतबार ९:४० बजे

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनलमा पीएसजीले लायनलाई २-१ गोलअन्तरले पराजित गर्दै फ्रेन्च कपको उपाधि जितेको हो ।


पीएसजीलाई उपाधि दिलाउन ओस्माने डेम्बेले र फाबियन रुइजले एक-एक गोल गरे । लायनका लागि ज्याक ओ'ब्रायनले एक गोल फर्काए ।

पीएसजीका लागि यो १५ औँ फ्रेन्च कपको उपाधि हो ।

यससँगै कायलियन एमबाप्पेले पीएसजीलाई फ्रेन्च कप र फ्रेन्च लिग वानको उपाधि दिलाएर क्लबसँग छुट्टिने भएका छन् ।


Author

थप समाचार
x