फुटबल

यूरो कपः आज राति दुई खेल हुँदै, पोर्चुगलले चेचियाको सामना गर्ने

इकागज |
असार ४, २०८१ मंगलबार १८:२८ बजे

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ ।

पहिलो खेल टर्किए र जर्जियाबीच हुने तालिका रहेको छ । समूह 'एफ' मा रहेका टर्किए र जर्जियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


दोस्रो खेल भने पोर्चुगल र चेचियाबीच हुने तालिका रहेको छ । पोर्चुगल र चेचिया पनि समूह 'एफ' मै रहेका छन् ।

पोर्चुगल र चेचियाबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


Author

थप समाचार
x