फुटबल

ताजिकिस्तानसँग नेपाल ४-० गोल अन्तरले पराजित

इकागज |
कात्तिक २८, २०८१ बुधबार २१:४७ बजे

काठमाडौँ - नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो ।


अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

फिफा वरीयता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम 

गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।


Author

थप समाचार
x