न्यूक्यासलमाथि लिभरपुलको सहज जित

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासालको २७ खेलमा ४४ अंक रहेको छ लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा आर्सनल भने नोट्टीङघम फोरेस्टसँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीपछि आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडी परेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया