साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका छन् ।
पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।
एन्फा केन्द्रीय सदस्य तथा महिला समितिकी अध्यक्ष सरिला श्रेष्ठ मलेकु र टोली प्रबन्धक बिन्द्रा देवानले दुवै खेलाडीलाई बिदाइ गरेकी छन् ।
त्यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार आफ्नो क्लब फर्कनेछन् । एन्जिला भने ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेको नेपाल म्यान्मारसँग २-० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया