फुटबल

बार्सिलोना छाड्दा भावुक बने मेस्सी

इकागज |
साउन २४, २०७८ आइतवार १६:१६ बजे

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए ।


पत्रकार सम्मेलनमा उनले क्लबलाई धन्‍यवाद दिएका छन् । क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोध्ने केही पत्रकार पनि भावुक भएका थिए ।

उनले बिदा माग्दा पत्रकार सम्मेलनमा उपस्थित सबैले गडगडाहट ताली बजाएका थिए । उपस्थित क्लब समर्थक र पदाधिकारीले ताली बजाउँदा उनले मञ्चमा आँशु राेक्‍न सकेनन् । बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सीले यसै हप्ता क्लब छाडेका हुन् । 

 


Author

थप समाचार
x