फुटबल

नेपाल र इन्डोनेसिया भिड्‍दै

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार १२:५३ बजे

काठमाडौँ- ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु-२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् ।


एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।


Author

थप समाचार
x