फुटबल

एस्टन भिल्लामाथि आर्सनलको सहज जित

इकागज |
कात्तिक ६, २०७८ शनिबार ७:५० बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथि सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो ।

आर्सनलको सहज जितमा थोमस पार्टे, पेयर एमरिक आबुमेयाङ र एमाइल स्मिथ रोले गोल गरे । एस्टन भिल्लाका ज्याकब राम्सेले १ गोल फर्काए । यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।



Author

थप समाचार
x