फुटबल

स्पेनिस ला–लिगाः खर्चिलो भिल्लारियललाई बिल्बाओको चुनौती

इकागज |
कात्तिक ६, २०७८ शनिबार १७:४५ बजे

काठमाडौँ- यसपाली स्पेनको ला लिगामा दोस्रो खर्चिलो क्लब बन्यो, भिल्लारियल । सरुवा बजारमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले मात्रै भिल्लारियलको भन्दा बढी खर्च गरेको थियो । गत सिजन युरोपा लिग जितेर हौसिएको भिल्लारियलले टिम थप बलियो बनाउनुको उदेश्य शीर्ष चारमा पर्नु नै हो । तर भिल्लारियलले खासै उत्साहजनक प्रदर्शन गर्न सकेको छैन । 

उनाई एम्रेको नेतृत्वमा रहेको भिल्लारियल जारी सिजनमा १२ औँ स्थानमा सीमित छ । अंक तालिकामा माथि उक्लन नसकिरहेको भिल्लारियलले शनिबार राति एथ्लेटिको बिल्बाओको सामना गर्दैछ । बिल्बाओको मैलानमा हुने खेलका लागि पाहुना टिम दबाबमा हुनेछ । यसको कारण भनेको बिल्बाओको सान मेम्समा भिल्लारियलको रेकर्ड हो । 


सान मेम्समा भिल्लारियलले पछिल्ला १० सिजनमा जित निकाल्न सकेको छैन । फेरि बिल्बाओसँगको खेलअघि भिल्लारियलका खेलाडीहरु थकित पनि छन् । किनभने उनीहरुले एक सातामा तीन खेल खेलिसकेका छन् । उता बिल्बाओ भने तीन सातापछि पहिलो खेल खेल्दैछ ।  ला लिगामा शनिबार काडिथले डेपोर्टिभो अलाभेसको सामना गर्नेछ । अर्को खेलमा भ्यालेन्सियाले मायोर्कालाई स्वागत गर्नेछ भने एल्चेको भेट इस्पान्योलसँग हुनेछ । 
 


Author

थप समाचार
x