फुटबल

म्यानचेस्टर युनाइटेडको जिम्मेवारी लिन कोन्टे तयार

इकागज |
कात्तिक ८, २०७८ सोमबार २०:२१ बजे

काठमाडौँ- आइतबार लिभरपुलसँग ५–० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारको पद धरापमा परेको अनुमान गरिँदैछ । बेलायती अखबारहरूले सोल्स्यार बर्खास्तीमा परेको अवस्थामा युनाइटेडको नयाँ प्रशिक्षक को बन्ला अनुमान पनि सुरु गरिसकेका छन् । यसैबीच चेल्सीका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टेको नाम पनि चर्चामा छ । 

बेलायतको अखबार दी गार्डियनका अनुसार कोन्टे इंग्लिस प्रिमियर लिग फर्कन तयार छन् । संकटमा रहेको युनाइटेडको जिम्मेवारी लिन इच्छुक रहेको पनि बताइएको छ । यद्यपि कोन्टेलाई युनाइटेडले औपचारिक रुपमा सम्पर्क गरिसकेको छैन । प्रशिक्षक परिवर्तनका विषयमा युनाइटेडका प्रबन्ध निर्देशक रिचार्ड आर्नोल्डले ग्लेजर परिवारको प्रतिनिधिसँग चाँडै कुराकानी गर्ने अनुमान गरिएको छ । युनाइटेडको स्वामित्व ग्लेजर परिवारसँग छ । 


कोन्टे युरोपियन क्लब फुटबलमा स्थापित र प्रमाणित प्रशिक्षक हुन् । उनले गत सिजन मात्रै इन्टर मिलानलाई इटालियन च्याम्पियन बनाएका थिए । इन्टरलाई च्याम्पियन बनाउन साथ सान सिरो छाडेका कोन्टे हाल क्लबविहिन छन् । ५२ वर्षिय कोन्टे सन् २०१६ देखि २०१८ सम्मा इंग्ल्यान्डकै अर्को क्लब चेल्सीमा थिए । जहाँ उनले प्रिमियर लिग जितेका थिए । कोन्टेले इटालीकै युभेन्टसलाई पनि सरासर तीन सिजन सिरी ए विजेता बनाएका थिए ।  
 
 


Author

थप समाचार
x