फुटबल

अल्मुताइरीको नेपाल बसाइ लम्बियो

इकागज |
कात्तिक १०, २०७८ बुधबार १६:१६ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता नवीकरण गरेका छन् । एन्फासँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको अल्मुताइरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । 

‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघसँगको छलफलपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । अबको मिसन नयाँ हो । नयाँ लक्ष्य र योजना बनाएर सार्वजनिक गरिनेछ । नेपाली फुटबलको भविष्य सुन्दर छ । तर, लक्ष्यमा पुग्नका लागि केही समय लाग्छ । त्यतिन्जेलका लागि सबै जनामा धैर्य आवश्यक छ,’ गत महिना नेपाललाई मालेमा सम्पन्‍न साफ च्याम्पियनसिपको फाइनल पुर्‍याएका अल्मुताइरीले भनेका छन् । 


आफूप्रति अत्यन्तै माया र स्नेह देखाएको भन्दै अल्मुताइरीले समर्थकलाई धन्यवाद पनि दिएका छन् । अल्मुताइरी गत चैतमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । 


 


Author

थप समाचार
x