फुटबल

स्पेनिस ला लिगा

बार्सिलोनाले भिल्लारियललाई हरायो

इकागज |
मंसिर १२, २०७८ आइतवार ६:१७ बजे

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ३-१ को शानदार जित निकालेको हो ।

बार्सिलोनालाई जिताउन फ्रेङ्की डिजोङ, मेम्फी डिपे र फिलिप काउटिन्होले गोल गरे । भिल्लारियलका लागि सामु चुक्युजीले एक गोल फर्काए । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंकसहित सातौ स्थानमा उक्लिएको छ । हार व्यहोरको भिल्लारियल १४ औँ स्थानमा छ । 



Author

थप समाचार
x