फुटबल

प्रिमियर लिग

साउथह्याम्पटनमाथि लिभरपुलको शानदार जित

इकागज |
मंसिर १२, २०७८ आइतबार ६:३० बजे

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० गोलको फराकिलो जित हात पारेको हो ।

लिभरपुललाई जिताउन डियगो जोटाले दुई तथा थियागो अलकान्तारा र भर्गिल भान डाइकले एक एक गोल गरे । खेल सुरु भएको २ मिनेटमै गोल गरेर जोटाले ‘स्टान्डर्ड चार्टड’ टिमलाई सुरुवाती अग्रता दिलाए । खेलको ३२ औँ मिनेटमा उनले लिभरपुलका लागि व्यक्तिगत दोस्रो गोल गरे ।


३७ औँ मिनेटमा थियागोले गोल गरेपछि पहिलो हाफमै लिभरपुल ३–० गोलले अघि रह्यो । दोस्रो हाफको ५२ औँ मिनेटमा डाइकले गोल गर्दा लिभरपुल ४–० गोलले विजयी भयो । एकपक्षीय खेलमा  साउथह्याम्पटनले कुनै गोल फर्काउन सकेन ।

जितपछि लिभरपुल १३ खेलबाट २८ अंकसहित लिगको दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको चेल्सी २९ अंकसहित शीर्ष स्थानमा छ । हार व्यहोरेको साउथह्याम्पटन १४ अंकसहित १४ औँ स्थानमा छ । 


Author

थप समाचार
x