फुटबल

भिसा नपाउँदा युनाइटेडका नयाँ प्रशिक्षक राग्‍निक इंग्ल्यान्ड पुग्‍न सकेनन्

इकागज |
मंसिर १५, २०७८ बुधबार ११:५३ बजे

काठमाडौँ-इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक नियुक्त भएको घोषणा गरिसकेको छ । युनाइटेड प्रशासनले केही दिनअघि मात्रै जर्मनीका राल्फ राग्‍निकलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । बर्खास्तीमा परेका ओले गनर सोल्स्यारलाई राग्‍निकले प्रतिस्थापन गर्नेछन् । 

तर राग्‍निक इंग्ल्यान्ड पुगिसकेका छैनन् । यस्तोमा युनाइटेडको आगामी खेलमा पनि माइकल क्यारिक नै टचलाइनमा हुनेछन् । प्रिमियर लिगमा बिहीबार युनाइटेडको भेट आर्सनलसँग हुँदैछ । सोल्स्यारले क्लब छाडेपछि उनका सहायकका रुपमा रहेका क्यारिकले नै टिमकाे जिम्मेवारी सम्हालिरहेका छन् । 


राग्‍निक म्यानचेस्टर पुग्‍न नसकेको कारण भिसाको समस्या हो । ६ महिनाका लागि युनाइटेडको प्रशिक्षकमा नियुक्त भएका राग्‍निकको भिसा प्रक्रियाका लागि आफू लागिरहेको इंग्लिस क्लबले जनाएको छ । आर्सनलसँगको खेलका लागि राग्‍निकले रणनीति बनाउने, नबनाउने विषयमा भने केही बताइएको छैन ।  


Author

थप समाचार
x