फुटबल

इन्टर मिलानसँग हारेपछि पत्रकारविरुद्ध खनिए मौउरिन्हो

इकागज |
मंसिर १९, २०७८ आइतबार १४:६ बजे

काठमाडौँ- इटालियन सिरी ‘ए’ मा शनिबार राति एएस रोमा इन्टर मिलानसँग ३–० ले पराजित भयो । यो जोसे मौउरिन्हो नेतृत्वको रोमाका लागि सातौँ हार हो । १६ खेलमध्ये आठमा जीत हासिल गरेको रोमा अंक तालिकाको पाँचौँ स्थानमा छ । रोमालाई हराएको यन्टर भने ३७ अंकसहित दोस्रो स्थानमा छ । उसको भन्दा एक अंक बढी बटुलेको एसी मिलान शीर्ष स्थानमा छ । 

आफ्नै मैदानमा इन्टरसँग हारेपछि मौउरिहन्हो आक्रोशित देखिए । पूर्वक्लबसँगको हारको रिस मौउरिन्होले पत्रकारहरुसँग पनि पोखे । खेलपछि आयोजना भएको पत्रकार सम्मेलनको सुरुवातमै उनी पत्रकारहरूसँग झोक्किए । ‘पत्रकारको काम हाम्रोभन्दा एकदमै सजिलो छ । यसैकारण कमाइ पनि हाम्रोभन्दा पत्रकारको कम छ,’ आक्रोशित मौउरिन्होले भने । 


उनले इन्टर रोमाभन्दा धेरै बलियो टिम रहेको पनि प्रतिक्रिया दिए । ‘गत सिजन इन्टर रोमाभन्दा २९ अंकले अगाडि थियो । हरेक विभागमा इन्टर हामीभन्दा बलियो छ । झन् अहिले त रोमाका धेरै खेलाडी घाइते छन् । यस्तोमा हामी आक्रामक हुनै सकेनौँ । हामीले गोल फर्काउनै पर्ने थियो । तर दुई–तीन पटक सामान्य मौका सिर्जना गर्नुबाहेक अरु केही गर्न सकिएन,’ मौउरिन्होले भने । 

   


Author

थप समाचार
x