फुटबल

ब्रेस्टमाथि पीएसजीको जित, उपाधि यात्रा थप बलियो

इकागज |
माघ २, २०७८ आइतबार ७:२७ बजे

काठमाडौं– युवा स्ट्राइकर किलियान एम्बाप्पे उत्कृष्ट प्रदर्शनसहित ब्रेस्टमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २–० को नतिजाले निकालेको छ। फ्रेन्च लिग वानमा पीएसजीले घरेलु मैदानमा ब्रेस्टलाई पराजित गरेको हो।

पीएसजीलाई जित दिलाउन एमबाप्पे र थिलो केरहरले समान १–१ गोल गरे । खेलमा फ्रान्सेली स्टार एम्बाम्बेले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।


पहिलो हाफ १–० ले पीएसजी अगाडि रह्यो ।

त्यस्तै खेलको ५३ औं मिनेटमा थिलो केरहरले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले नुनो मेन्डेसको पासमा बललाई जाली चुमाए ।  याे जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले उपाधि यात्रालाई बलियो बनाएको छ।  
 


Author

थप समाचार
x