फुटबल

आज ए डिभिजन लिगमा दुई खेल हुँदै

इकागज |
माघ २, २०७८ आइतबार ८:४२ बजे

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेल हुँदैछन् । मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब बीच पहिलो खेल हुनेछ । त्यस्तै दोस्रो खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिजोबाट लिगको नवौं चरणका खेलहरू सुरु भएको थियो । आज हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । मछिन्द्र शीर्ष स्थानमा छ । बीबीसीसँग स्पष्ट ३ अंक जोडेर उपाधिका लागि लम्कने प्रयासमा मछिन्द्र रहेको छ । ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । मछिन्द्रलाई हराउने योजनाअनुरुप ब्रिगेड अंक तालिका सुधार्न चाहन्छ  ।


मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । 

दोस्रो खेलमा रेलिगेसन जोनमा रहेको च्यासल पुलिसलाई हराएर अगाडि बढ्न चाहन्छ । पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।  च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं  दोस्रो स्थानमा रहेको छ  ।
 


Author

थप समाचार
x