फुटबल

सिरी ए

बराबरीमा रोकियो इन्टर, स्पेजियालाई जिते मिलान शीर्ष स्थानमा पुग्‍ने

इकागज |
माघ ३, २०७८ सोमबार १४:१२ बजे

काठमाडौँ- इटालियन सिरी ए मा आइतबार राति इन्टर मिलान एटलान्टासँग बराबरीमा रोकिएको छ । एटलान्टाको मैदानमा भएको खेलमा इन्टरले गोल गर्न सकेन । जारी सिजनमा पहिलो पटक इन्टरले गोल गर्न नसकेको हो । पछिल्ला आठ खेल जितेको इन्टर बराबरीमा रोकिएपछि सिरी ए रोमाञ्चक मोडमा पुगेको छ । 

इन्टरले एटलान्टालाई हराउन नसकेपछि सहरी प्रतिद्वन्द्वी एसी मिलानले शीर्ष स्थानमा उक्लने अवसर पाउने भएको छ । किनभने मिलानले सोमबार राति स्पेजियाको सामना गर्दैछ । र, यो खेल जितेमा मिलानको ५१ अंक हुनेछ । हाल पहिलो स्थानमा रहेको इन्टरको ५० अंक छ । मिलान सहरका यी दुई टिमले २१–२१ खेल खेलेका छन् । 


मिलानले १६ औँ स्थानको स्पेजियासँग प्रतिस्पर्धा गर्ने दिन नेपोलीको भेट बोलेन्यासँग हुँदैछ । इन्टरभन्दा सात अंकले पछि रहेको नेपोली तेस्रो स्थानमा छ । यस्तोमा सहज जित हासिल गरेर नेपोली इन्टर र मिलानसँगको दूरी घटाउने ध्येयमा छ । 
  
 


Author

थप समाचार
x