फुटबल

एन्फा र साउदीको फुटबल संघबीच द्विपक्षीय समझदारी

इकागज |
माघ ३, २०७८ सोमबार १५:१९ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल संघ (साफ)बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएका छ । दुई वर्षका लागि गरिएको समझदारी अनुसार एन्फा र साफले फुटबलका विविध पक्षमा साझेदारी गर्नेछन् । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अल्मिसेलले हस्ताक्षर गरेको समझदारी पत्र अनुसार नेपाल र साउदीका युवा टिमहरूबीच मैत्रीपूर्ण खेल हुनेछन् । समझदारीका अनुसार नेपालले साउदीमा र साउदीले नेपालमा बन्द क्लोज क्याम्प राख्ने पनि बताइएको छ । दुई संघले भविष्यमा वर्कसप, बैठक र सेमिनार आयोजना गर्ने, रेफ्री विकास र तालिममा साझेदारी गर्नेछन् । 
 
 



Author

थप समाचार
x