फुटबल

लेवान्डोस्कीले जिते फिफा पुरुष वर्ष खेलाडी अवार्ड

इकागज |
माघ ४, २०७८ मंगलबार ८:३१ बजे

काठमाडौँ- बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहमद सालाहलाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

सन् २०२१ मा लेवान्डोस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमानसमेत तोडेका थिए ।


मुलरको नाममा ४१ गोल थियो । लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको सो कीर्तिमान तोडेका हुन् । यस सिजन लेवान्डोस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

'धेरै-धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु । म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु । मैले कहिले पनि मुलरको कीर्तिमान तोड्छु होला भनेर कल्पनासमेत गरेको थिएन । केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडे । उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे,' लेवान्डोस्कीले भनेका छन् ।


Author

थप समाचार
x