फुटबल

आहा रारा गोल्डकप - उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

इकागज |
माघ ४, २०७८ मगलवार ११:१० बजे

पोखरा- आहा रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा सहारा क्लब पोखरा र विभागीय टिम एपीएफ क्बल भिड्ने भएका छन् । आयोजक सहारा क्लबले मंगलबार खेल तालिका गर्दै माघ ६ गते हुने उद्घाटन खेलमा आयोजक टिम र एपीएफसँग भिड्ने जनाकारी दिएको हो । उक्त खेलको विजेताले माघ ८ गते क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको बीवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले सेमिफाईनल प्रवेशका लागि माघ ९ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


यस्तै, माघ १० गते संकटा र मछिन्द्र क्लब प्रि–क्वार्टरफाइनलमा खेल्नेछन् । अन्तिम प्रि–क्वार्टरफाईनलमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालमा माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता छ । 

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

सहाराले यो वर्ष ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८’ बाट एक जना खेलाडीलाई सम्मान गर्ने जनाएको छ । सम्मानित खेलाडीलाई नगद ३५ हजार रुपैयाँसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

प्रतियोगिता अवलोकन गर्न खोप कार्ड अनिवार्य गरिएको क्लबले जानकारी दिएको छ ।

 


Author

थप समाचार
x