फुटबल

चेल्सीको उपाधि यात्रामा ब्राइटन बाधक

इकागज |
माघ ५, २०७८ बुधबार ७:३९ बजे

काठमाडौँ- ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुवातमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । 

गएराति भ्रमणकारी टोलीमाथि ब्राईटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो । २८औँ मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए । 


तर ६०औँ मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितिमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो । नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंक सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राईटन भने २१ खेलबाट २९ अंकसहित नवौँ स्थानमा छ । 


Author

थप समाचार
x