फुटबल

एफ्कोनः कुन–कुन टिम पुगे अन्तिम १६ मा ?

इकागज |
माघ ६, २०७८ बिहीबार १२:४१ बजे

काठमाडौँ- समूह चरणको आफ्नो अन्तिम खेलमा सुडानलाई पराजित गरेपछि इजिप्ट क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्स (एफ्कोन)को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा इजिप्टलाई १–० को जित दिलाउन मोहम्मद अब्देलमोनेमले गोल गरे । 

समूह ‘डी’को उप–विजेता बन्दै इजिप्ट एफ्कोनको नकआउट चरणमा पुगेको हो । यो समूहको विजेता भने नाइजेरिया बन्यो । नाइजेरियाले समूह चरणका सबै खेलमा जित हासिल गर्‍यो ।


बुधबार राति नै भएको खेलमा नाइजेरियाले गिनी बिसाउलाई २–० ले पराजित गर्‍यो । नाइजेरियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि उमर सादिकले पहिलो गोल गरेका थिए भने दोस्रो गोल विलियाम ट्रोस्ट इकोङले गरे । 

एफ्कोनमा २४ टिम सहभागी छन् । ती टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट विजेता र उप–विजेताले अन्तिम १६ मा स्थान बनाउने छन् । प्रि–क्वार्टरफाइनलमा समूह विजेता र उप–विजेताबाहेक तेस्रो हुने टिममध्ये चार टिमले पनि स्थान सुरक्षित गर्नेछन् । हालसम्म आयोजक क्यामरुन, बुकरिना फासो, सेनेगल, गिनी, मोरोक्को, गाबोन, नाइजेरिया र इजिप्टले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । 
 


Author

थप समाचार
x