फुटबल

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक पराजित

इकागज |
माघ ६, २०७८ बिहीबार १७:५७ बजे

पोखरा- आहा रारा गोल्डकपको उद्घाटन खेलमा नेपाल एपिएफ फुटबल क्लब बिजयी भएको छ। पोखरास्थित पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एपिएफको जीतमा आभाष लामिछाने र प्रदिप लामाले एक एक गोलको योगदान दिए । आभाषले खेलको १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले ६० औं मिनेटमा प्रदिपले अग्रता दोब्बर बनाए ।


सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित बनेको हो। एपीएफले अब माघ ८ गते अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । खेलमा एपिएफका नविन लामा म्यान अफ दी म्याच भए । प्रतियोगिता अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।


Author

थप समाचार
x